धादिङ
कृषि सहकारी कर्मचारी समाज नेपाल धादिङको प्रथम साधारणसभा तथा प्रथम अधिबेशन शनिबार धादिङबेशिमा सम्पन्न भएको छ।अधिबेशनले साना किसान कृषि सहकारी गजुरी घाटबेशिका प्रबन्धक नारायण सुबेदीको अध्यक्षतामा जिल्ला समिति गठन भएको छ।समितिको उपाध्यक्षमा ज्ञानु ईटनी सचिब नवीन रिजाल सदस्यहरुमा रामजि खतिवडा,पुर्ण ब.अर्याल,सन्जु श्रेष्ठ,जीवन कुमार घिमिरे ,शोभा छत्कुली, रचना तिवारी चयन भएका छन् ।जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने गरि धादिङ जिल्ला भित्र का कृषि सहकारीमा कार्यरत कर्मचारीहरु आबद्ध गर्ने गरी समिति गठन गरेको हो।समितिमा हालसम्म ६१ जना आबद्ध रहेका छन् ।कृषि सहकारीमा कार्यरत कर्मचारीहरुलाई आबद्ध गर्दै उनिहरुको क्षमता बिकास गरि कृषि सहकारीहरुमा कुशल कार्यसम्पादन गर्ने गरि समिति गठन गरिएको अध्यक्ष नारायण सुबेदिले जानकारी दिनुभयो ।
प्रतिक्रिया