कोहिनूर वायर एण्ड स्टिल कम्पनीमा लगानीको अबसर

  नेपाली सन्देश डट कम | २२ माघ २०८१, मंगलवार १६:११

नवलपुर । ग्याबियन बक्स उत्पादनमा अग्रणी उद्योग कोहिनूर वायर एण्ड स्टिल लिमिटेडले आफ्नो उत्पादन क्षमता विस्तार गर्न र व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउनका लागि लगानीकर्ता खोजिरहेको छ। कम्पनीले रणनीतिक साझेदारहरूसँग सहकार्य गर्दै आफ्नो बजार हिस्सा अझ मजबुत बनाउन चाहेको जनाएको छ।

नवलपुर जिल्लाको देवचुली–०५ मा अवस्थित यो कम्पनीले अत्याधुनिक प्रविधिसहित दैनिक ४० टन उत्पादन गर्ने क्षमता राख्दछ। लामो समयदेखि उच्च-गुणस्तरका उत्पादनमार्फत बजारमा विश्वास जित्दै आएको कोहिनूर वायर एण्ड स्टिलले अब थप लगानीका साथ उत्पादनको दायरा फराकिलो बनाउने योजना बनाएको छ।

कम्पनीले अब रणनीतिक साझेदारहरूलाई आकर्षित गरी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने तयारी गरिरहेको छ। कम्पनीका अनुसार, सही लगानीकर्ता तथा साझेदारको साथमा बजारमा अझ मजबुत उपस्थिति बनाउँदै दीर्घकालीन फाइदा दिने लक्ष्य राखिएको छ।

“हामी यस्तो रणनीतिक साझेदारको खोजीमा छौं, जसले हाम्रो वृद्धिको दृष्टिकोणसँग मेल खान्छ र कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्न सक्छ कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, नेपालमा ग्याबियन बक्स लगायतका तारजन्य उत्पादनहरूको माग बढ्दो छ, जसलाई ध्यानमा राख्दै व्यवसाय विस्तार गर्न खोजिएको हो।

लगानी गर्न इच्छुकहरूसँग सम्पर्कको आग्रह
कोहिनूर वायर एण्ड स्टिल लिमिटेडले सम्भावित लगानीकर्ताहरूलाई कम्पनीको टोलीसँग सम्पर्क गर्न आग्रह गरेको छ। लगानीका अवसर, साझेदारीका सर्तहरू तथा भविष्यको सम्भावनाबारे थप जानकारी लिन इच्छुकले कम्पनीलाई kohinoorwire@gmail.com वा ९८५१०३३४४०,९८४३०६५५१२ मा सम्पर्क गर्न सक्नेछन्।

यस कदमसँगै कोहिनूर वायर एण्ड स्टिलले नेपालमा स्टिल तथा वायर उद्योगमा आफ्नो अग्रणी स्थानलाई अझ मजबुत बनाउने संकेत दिएको छ।

https://shorturl.at/qIIfS

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?