अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा धुनिबेशिका विनोद आचार्य निर्वाचित

  नेपाली सन्देश डट कम | १ आश्विन २०७८, शुक्रबार ००:५४

धादिङ
मोओबादी केन्द्र निकट अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा विनोद आचार्य निर्वाचित भएका छन् । बिहिबार धादिङबेसीमा भएको २१ औँ जिल्ला सम्मेलनले आचार्यको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा गणेश कुमार श्रेष्ठ, उपाध्यक्षहरुमा गजेन्द्र गुरुङ, सुजता कंडेल, सचिवमा रुपेश सिंखडा, सह–सचिवहरुमा प्रयाश घले, निर्देश अर्याल, आकृति सिंखडा र कोषाध्यक्षमा सकल रिजाल निर्वाचित हुनुभएको छ ।

अखिल क्रान्तिकारी धादिङका संयोजक उपेन्द्र जम्कट्टेलको अध्यक्षतामा भएको २१ औँ जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारी केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दिपक देवकोटाको प्रमुख आतिथ्यता रहेको थियोे भने नेकपा(माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सालिकराम जम्कट्टेलको विषेश आतिथ्यता रहेको थियो ।

अतिथिहरुमा पूर्व मन्त्री एवं माओवादी नेतृ कल्पना धमला, माओवादी केन्द्र धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारी, जिल्ला अध्यक्ष विजय बुर्लाकोटी,निलकण्ठ नगरपालिका उप- मेयर मनराज भण्डारी लगायत रहनुभएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?