प्रेस चौतारी इलामको नेतृत्वमा मनोज अधिकारी सर्वसम्मत

  नेपाली सन्देश डट कम | १७ माघ २०८१, बिहीबार ०५:३५

इलाम । प्रेस चौतारी नेपाल इलामको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

 बुधबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
यसै गरी उपाध्यक्षमा योगेन्द्र शंकर र सरिता राई, सचिवमा खेमराज ढकाल सर्वसम्मत हुँदा सहसचिवमा रोशन काफ्ले र एलिसा गुरुङ र कोषाध्यक्षमा विशाल साउदेन चुनिएका छन ।

 
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई, बुद्धराज योङहाङ र सुशील लिम्बु चुनिएका छन ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?