बराबरीमा राेकिए थ्रि स्टार र चर्च ब्वाइज

  नेपाली सन्देश डट कम | १५ माघ २०८१, मंगलवार १४:१५

काठमाडौं ।  थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् ।

एन्फा यु–१६ युथ लिगको जारी खेलमा थ्रि स्टार र चर्च ब्वाइज मंगलबार गोलरहित बराबरीमा रोकिएका हुन ।

बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ भने थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न दुबै टोलीले सकेनन् । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?