ईश्वरपुरमा हुने ‘हीरक महोत्सव’ को मुख्यमन्त्रीले उद्धघाटन गर्ने

  नेपाली सन्देश डट कम | १५ माघ २०८१, मंगलवार ०५:३६

सर्लाही। सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालय भक्तिपुरको ६० औं वार्षिकोत्सव आगामी माघ महिनाको १९ गतेदेखि तीन दिनसम्म मनाइने भएको छ। महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले गर्ने छन्।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्यका अनुसार, २०८१ को हीरक महोत्सवमा विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरूको आयोजना गरिनेछ।

महोत्सवको पहिलो दिन विशेष रूपमा प्रभात फेरी, शोभायात्रा, खेलकुद प्रतियोगिता, र धार्मिक अनुष्ठानसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।

दोस्रो दिन मार्च पास, प्रवेशद्वार उद्घाटन, अतिथिहरूको सम्मान र लोक नृत्य प्रतियोगिता आयोजना हुने बताइएको छ। महोत्सवको समापन तेस्रो दिन सरस्वती पूजा, प्रसाद वितरण र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसँग हुनेछ।

यस महोत्सवले विद्यालयको इतिहास र परंपरालाई सम्मान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?