सर्लाही । सर्लाहीको इस्वरपूर नगरपालिकामा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका १५० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रम लायन्स क्लब काठमाडौं दर्पणको पहलमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब काठमाडौं दर्पणकी अध्यक्ष सुनिता श्रेष्ठ आचार्य र इस्वरपूर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्य रहेका थिए। साथै, विद्यालयका शिक्षक, अभिभावक र स्थानिय प्रतिनिधिहरू पनि उपस्थित थिए ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब काठमाडौं दर्पणकी अध्यक्ष सुनिता श्रेष्ठ आचार्यले भन्नुभयो हाम्रो क्लब सधैं समाजका असहाय र आवश्यकता भएका व्यक्तिहरूको सहयोगमा क्रियाशील रहन्छ। यस कार्यक्रमबाट हामीले विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराउन सकेका छौं जसले उनीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउने छ।
नगरप्रमुख मनोज कुमार आचार्यले पनि बालबालिकाहरुलाई न्यानो कपडा वितरणको महत्व उल्लेख गर्दै हिउँदको मौसममा बालबालिकाहरु प्रायः बिरामी पर्ने हुन्छन्। यस्तो बेला लायन्स क्लबको सहयोगले विद्यालयका बच्चाहरुको स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने छ। यस पहललाई स्वागत गर्दै म भविष्यमा यस्ता कार्यक्रमको निरन्तरता होस् भन्ने आशा राख्दछु।”
यस अवसरमा, १५० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो। लायन्स क्लबका सदस्यहरु र विद्यालयका शिक्षकहरुले बालबालिकाहरुलाई एक-एक गरी कपडा हस्तान्तरण गरेका थिए।
विद्यालयका प्रधानाध्यापकले यस प्रकारको सहयोगका लागि लायन्स क्लब काठमाडौं दर्पणको धन्यवाद व्यक्त गर्दै भने हामीले यस्ता सहयोगी कार्यका माध्यमबाट बच्चाहरुलाई राम्रो शिक्षा र स्वास्थ्यको वातावरण दिन सक्दछौं। आजको वितरणले विद्यार्थीहरुको सर्दी र जाडोको मौसममा साहारा पुर्याउनेछ।
कार्यक्रममा, लायन्स क्लबका अन्य सदस्यहरु, स्थानीय नागरिकहरु र विद्यालयका विद्यार्थीहरूसँगै उत्साहपूर्ण माहोल रहेको थियो।
प्रतिक्रिया