खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

  नेपाली सन्देश डट कम | ८ माघ २०८१, मंगलवार ०९:०५

काठमाडौं । खुमलटारले छैंटौं खेलमा पनि पराजित भएको छ।  

थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार एफसीले ५– १ को जित दर्ता गरे पछि खुमलटारको छैंटो हार भएको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले गोल गरेका थिए । खुमलटारका लागि सुवास मगरले मात्रै गोल फर्काएका थिए ।
इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत गरेको गोल खुमलटारका लागि सान्त्वना बन्यो । साथै, इन्जुरी समयमै सुमीतले गोल गर्दै थ्री स्टालाई सानदार र फराकिलो जित दिलाएका हुन् । 

जितसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ, छैटौं हार बेहोरेको खुमलटार भने अंकविहिनको अवस्थामा छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?