कैलालीमा अटो दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

  नेपाली सन्देश डट कम | ६ माघ २०८१, आईतवार १५:१३

धनगढी । कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। भने ५ जना घाइते भएका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ। भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?