गजुरी-५ का सय भन्दा बढि माओवादी कार्यकर्ता माओबादी परित्याग गरी एमालेमा प्रवेश 

  नेपाली सन्देश डट कम | १७ भाद्र २०७८, बिहीबार १३:४८

गजुरी /धादिङ

धादिङको गजुरी गाउँपालिका वडा नं.५ ढाेडेनिका कृष्ण राना मगर को अगुवाइमा कमल मगर,नेत्र बिक्रम चन्द(बिप्लव)जिल्ला सदस्य एवम् गजुरी सेक्रेटरी प्रकाश थापा मगर लगाएत एउटा सिङ्गो गाउँ नै माओबादी परित्याग गरि एमालेमा प्रबेश भएका छन्।त्यसैगरी वडा नं.५ कै झगरे, सिमडाडा,च्याङ्लि बस्तीका माओबादी र राप्रपा परित्याग गरि एमालेमा प्रबेश भएका छन् ।

नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीद्धारा बिहिवार आयोजित वडा भेला कार्यक्रममा माओबादी लगाएत विभिन्न पाटि परित्याग गरि एमालेमा प्रबेशहुने सय भन्दा बढिलाई कार्यक्रमका प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष एवम् संघिय सांसद भुमि प्रसाद त्रिपाठिले टीका र खादा लगाएर पाटि प्रबेश गराई एमालेमा भव्य स्वागत गर्नुभएको छ।

राजेन्द्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला अध्यक्ष भुमि त्रिपाठिको प्रमुख अातिथ्यता रहेको थियोे ।भने एमाले जिल्ला सदस्य एवम् गजुरी गाउँपालिका ईन्चार्ज राजेन्द्र बिक्रम बस्नेतको बिशेष आतिथ्यता रहेको थियोे ।कार्यक्रममा गजुरी गाउँ संगठन कमिटी अध्यक्ष माधब भण्डारी ,वडा नं.५ का वडा अध्यक्ष रामचन्द्र मिजार लगाएतको आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?