एनआरएनको अधिकार स्थापित गर्न कानुन परिवर्तन आवश्यकः डा. सूर्य पाठक, एमाले नेता

  नेपाली सन्देश डट कम | ५ माघ २०८१, शनिबार ०६:१३

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्व सांसद डा. सूर्य पाठकले गैरआवासीय नेपाली (एनआरएन) का अधिकार स्थापित गर्नका लागि थप कानुनी संशोधनको आवश्यकता रहेको बताएका छन्।

उनले भने, “अध्यादेश अति आवश्यक पर्दा ल्याइने विषय भएको हुँदा यसमा सबै विषयहरू समान नहुन सक्छन्। मुख्य रूपमा विगत डेढ वर्षमा गैरआवासीय नेपाली नागरिकता लिएकाहरूको लागि आवश्यक कानूनी व्यवस्था नभएको अवस्थामा भिषा सम्बन्धी समस्या समाधान गर्न र लगानीसँग यो विषय जोडिएको देखिन्छ।”
डा. पाठकले थपे, “यो संसदमा प्रस्तुत गर्न बाँकी छ। यसलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर लैजान सकिन्छ।”

संविधानको धारा १४ को मर्म अनुसार, नेपाल आउँदा प्रवेशाज्ञा आवश्यक नपर्ने साथै आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार आवासीय नेपाली सरह हुने गरी कानुनी संशोधनको आवश्यकता रहेको उनले स्पष्ट गरे।
गैरआवासीय नेपालीहरूको अधिकार, पिएनओ लगायतका विषयमा कानूनी संशोधनको अवस्था रहेको हुँदा उनले सम्बन्धित सबै पक्षसँग धैर्य राख्न आग्रह गरे। “गैरआवासीय नेपालीहरूको हक र अधिकारको सुनिश्चितताको लागि यसअघि जस्तै पूर्णरुपमा सकृय भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई १० वर्षको भिषा दिने गरि आएको अध्यादेशको बारेमा केहि असन्तुष्टीका स्वरहरू पनि उठेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?