प्रधानमन्त्री कप क्रिकेटः एपीएफको शानदार सुरूवात

  नेपाली सन्देश डट कम | १ माघ २०८१, मंगलवार ११:२५

काठमाडौं । नेपाल एपीएफ क्लबले शानदार सुरूवात गरेको छ ।

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गरेर शानदार सुरूवात गरेको हो ।
 

एएिफले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सके पछि एपीएफको पहिलो बिजय यात्रा सुरू भएको हो ।

एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।  एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले खविजित ७८ रनको योगदान गरिन् ।

 

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाएकी थिइन् भने ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन् । कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?