दुई जनाको शव फेला

  नेपाली सन्देश डट कम | २८ पुष २०८१, आईतवार ११:५९

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।

यस्तै पर्साको वीरगंज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुक आइतबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?