मेयर आचार्यको सक्रियता, ईश्वरपुरमा स्थानीयलाई न्यानो कपडा वितरण

  नेपाली सन्देश डट कम | २६ पुष २०८१, शुक्रबार १९:३५

सर्लाही। ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको सक्रियतामा स्थानीय जनतालाई न्यानो कपडा वितरण गरिएको छ।

सेभ द चिल्ड्रेन र ग्रामीण महिला उत्थानको सहयोगमा नगरपालिकाका विभिन्न वडामा गत मंगलवार वडा नम्बर ७ र वडा नम्बर ८ का गरीबी, दलित र असहाय २५० जनालाई ती कपडा वितरण गरिएको हो।

बढ्दो शीतलहर र मुटु कपाउने जाडोले गरिब र दलित समुदायमा ठूलो असर परेको थियो।

मेयर आचार्यले यस्तो चिसो मौसममा न्यानो कपडाको अभावमा आफ्नो दैनिक जीवन यापन गर्न गाह्रो भइरहेको अवस्थामा गरिब, दलित र असहाय व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

 

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?