काठमाण्डौ । बिहिबार ३०३ ओं पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरियको छ । आयोजित ूकार्यक्रममा नेपाल अधिराज्यका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शिता, हाल मुलुकमा आएको चुनौती र हाम्रो भूमिकाू विषयक प्रवचन गोष्ठी राखिएको थियो ।
प्रमुख अतिथिका रुपपा पूर्व प्रधानसेनापति महारथी प्यारजंग थापा , प्रमुख वक्ता वरिष्ठ इतिहासविद, संस्कृतिविद् प्रा. डा. बीणा पौड्याल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई तथा बिभिन्न संघसंस्थाका व्यक्तिहरुले राष्ट्निर्माता पृथ्बीनारायण शाहका बारेमा चर्चा गरे
साथै
पृथ्वीनारायण शाहको अद्वितीय नेतृत्व र दूरदर्शिता मार्फत नेपाललाई एकीकृत गर्ने ऐतिहासिक कार्यलाई सम्झँदै आजको यस गोष्ठीमा नेपालको इतिहास र वर्तमान परिप्रेक्ष्यमा एकताको महत्त्व, राष्ट्रनिर्माणमा भएको योगदान र चुनौतीहरूको छलफल र विमर्श गरिएको छ।
कार्यक्रममा बोल्दै बिश्वहिन्धु महासंघकी अध्यक्ष अस्मिता भण्डारीले उपस्थित सबै अतिथिहरूको योगदान अत्यन्तै मूल्यवान रहेको भन्दै । हामी सबै मिलेर नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहरलाई जोगाउँदै, राष्ट्रको विकास र समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताईन।
यस अवसरमा हामीले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको यथार्थ र त्यसका शिक्षा र प्रेरणाबाट सिकेर मुलुकको समृद्धि र राष्ट्रिय एकता सुनिश्चित गर्न योगदान दिनुपर्ने कुरा अत्यन्त महत्त्वपूर्ण छ भन्दै नेपाल प्रज्ञाप्रतिष्ठानको यो आयोजनाले हाम्रो ऐतिहासिक धरोहर र वर्तमान चुनौतिका बीचको सन्तुलन बनाउन र राष्ट्रिय एकतामा अझ बल पुर्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिन।
प्रतिक्रिया