भर्जिनिया। अमेरिकास्थित भर्जिनिया राज्यमा कार दुर्घटना हुँदा दुई जना नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेका अनुसार भर्जिनियाको स्यान्टिल्ली क्षेत्रमा बिहीवार कार हिउँमा चिप्लिएर चिसो पोखरीमा डुबेर ती नेपालीहरुको मृत्यू भएको हो।
एनआरएनए भर्जिनिया क्षेत्रीय अध्यक्ष विशाल कार्कीले घट्नाको पुष्टी गर्दै थप विवरण पछि सार्वजनिक गर्ने जानकारी दिएका छन्। घटनास्थलमा घामको तापक्रम माइनस ४ डिग्री सेन्टिग्रेडसम्म तल गइरहेको र उक्त क्षेत्रमै बाक्लो हिमपात भएको समाचार प्राप्त भएको छ।
अमेरिकामा यतिबेला ठूलो हिमपातको लहर चलिरहेको छ, जसका कारण हवाई उडान र सडक यातायातमा गडबड भएको छ। स्थानीय संचार माध्यमका अनुसार, विशेषगरी पूर्वी अमेरिकी राज्यहरूमा मौसम असहज बनेको छ र जनजीवन अस्तव्यस्त भइरहेको छ।
हालको मौसम अनुमानका अनुसार, अमेरिकामा खासगरी उत्तरपूर्वी र मध्यपश्चिमी क्षेत्रहरूमा भारी हिमपात जारी रहने अपेक्षा गरिएको छ। न्यु योर्क, बोस्टन, पिट्सबर्ग र शिकागो जस्ता प्रमुख शहरहरूमा हिमपातले सडक यातायातलाई अवरुद्ध बनाएको छ। तापक्रम माइनस १० डिग्री सेन्टिग्रेडसम्म घट्न सक्ने भन्दै मौसम विभागले सतर्कता जारी गरेको छ।
विशेष गरी तीव्र हावाहुरीका कारण केही क्षेत्रमा बर्फको तुसारो र चिसो हावा थप गम्भीर समस्या निम्त्याउन सक्ने संभावना रहेको बताइएको छ। यसरी चिसो मौसममा यात्रा गर्दा विशेष सतर्कता अपनाउनु अत्यन्तै महत्त्वपूर्ण छ।
प्रतिक्रिया