नेप्से सुचकमा सामान्य बृद्दी, कारोबार भने घटयो

  नेपाली सन्देश डट कम | २४ पुष २०८१, बुधबार १५:४१

काठमाडौं । सेयर कारोबार सामान्य अंकले बढेको छ । 

 धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो ।

 अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेको नेप्से बुधवार भने २ हजार ६५३.२३ बिन्दुमा पुगेर रोकिएको छ ।

 जसअनुसार ७२ हजार १ सय २० पटक भएको कारोबारमा १ करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भएका छन । जसबाट ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

 तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बुधवार घटेको हो । गत मंगलबार ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?