पर्यटनमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन पूर्वाधार अवलोकन

  नेपाली सन्देश डट कम | २२ पुष २०८१, सोमबार १६:५२

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतका पूर्वाधारको अवलोकन गरेका छन्।

पर्यटनमन्त्रीसहितको टोलीले आज विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतका कामको अवलोकन गर्नुका साथै प्रगतिबारे जानकारी लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको छ।

निर्माणाधीन पूर्वाधार अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेका काम सन्तोषजनक रहेको बताए। उनले निर्धारित समयमै निर्माण सम्पन्न भइ उडान सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले तोकिएकै समयमा काम सम्पन्न गर्न तीन वटा ठेक्का सम्झौता गरेर काम भइरहेको जानकारी दिए।

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?