गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

  नेपाली सन्देश डट कम | २२ पुष २०८१, सोमबार ०४:३०

धनगढी । कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्।

पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध  सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?