पूर्व मेयर यादवको सक्रियतामा अस्पताल बन्ने

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार २२:४६

बारा। सिम्रनगढ नगरपालिकाको पूर्व मेयर विजय शंकर यादवको सक्रिय प्रयासबाट अब एक नयाँ अस्पताल बन्ने भएको छ। यादवको पहलमा संघीय सरकारले १८ करोड रुपैयाँको बजेट जारी गरेपछि उक्त अस्पतालको निर्माण कार्य सुनिश्चित भएको हो।

यस अस्पतालको निर्माण कार्य अन्तर्गत १५ शैयाको एक सुसज्जित स्वास्थ्य सेवा केन्द्र निर्माण हुने छ। अस्पताल निर्माणले स्थानीयवासीलाई स्वास्थ्य सेवामा सजिलो पहुँच पुर्याउने विश्वास व्यक्त गरिएको छ।

पूर्व मेयर विजय शंकर यादवलाई यस प्रयासका लागि स्थानियवासीहरूले उच्च प्रशंसा गरेका छन्। यादवलाई स्थानिय रूपमा विकासप्रेमी नेताका रूपमा परिचित गरिन्छ र उनले सधैं स्थानीयका आवश्यकताअनुसार काम गर्दै आएका छन्।

यादवले भने, “स्वास्थ्य सेवा हाम्रा प्राथमिक आवश्यकता हो र यस अस्पतालको निर्माणले स्थानीय जनताको स्वास्थ्यका क्षेत्रमा ठूलो योगदान पुर्याउनेछ।”

स्थानीयवासीहरुले यस निर्णयलाई स्वागत गर्दै यादवको नेतृत्व र सक्रियतामा आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?