रास्वपा केन्द्रिय समिति बैठक आज पनि

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार ०२:३४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।

 हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । 

 जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।

 कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?