शेखर कोइराला बेलायत नजादै किचलो सुरु

  नेपाली सन्देश डट कम | २० पुष २०८१, शनिबार २०:३०

काठमाण्डौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको आगामी बेलायत भ्रमण विवादमा परिणत भएको छ।

बेलायतको उद्योग तथा व्यापार मन्त्रीको निमन्त्रणामा आगामी साता बेलायत जान लागेका कोइरालाको भ्रमण, नेपाली जनसम्पर्क समिति बेलायतको सदस्य राजकुमार त्रिपाठीको हस्तक्षेपका कारण विवादित बनेको हो।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार, त्रिपाठीले जनसम्पर्क समितिले नेता कोइरालाको सम्मानमा राखेको स्वागत तथा सम्मान कार्यक्रमलाई बाइपास गर्दै, नर्विचमा अर्को कार्यक्रम तय गरेका छन्।

यसअघि, कोइरालाको नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा ११ जनवरी, १३ बजे, फेल्थाममा कार्यक्रम तय गरेका थिए। गुरुङका अनुसार, सो कार्यक्रम कोइरालाको परामर्शमा तय भएको थियो। तर, त्रिपाठीले अचानक सोही समयमा लण्डनबाट २०० किलोमिटर टाढा अर्को कार्यक्रम राखेपछि विवाद चर्किएको हो।

कोइराला बेलायत सरकारको निमन्त्रणामा जान लागेका हुन्, वा त्रिपाठीको प्रभावमा लण्डन जाने निर्णय गरेका हुन् भन्ने स्पष्ट छैन। स्रोतका अनुसार, कोइरालाले हालसम्म बेलायत सरकारको कुनै औपचारिक निम्तो प्राप्त गरेका छैनन्।

बेलायतमा बस्दा, कोइराला लण्डनस्थित चेन पव वेदरस्पुनको माथिल्लो लजमा बस्नेछन्, जुन लज लण्डनका सबैभन्दा सस्तो लजमा पर्छ। यस लजको तल भट्टी रहेको छ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले कोइरालालाई पार्टीको च्यानलमार्फत कार्यक्रम तय गर्न आग्रह गरेका छन्। गुरुङले भने, “उहाँ हाम्रो आदरणीय नेता हुनुहुन्छ। हामी उहाँलाई विवादमा पार्न चाहँदैनौं, तर जनसम्पर्क समितिलाई बाइपास गरेर अघि बढ्नु गलत परम्परा हो।”

कोइरालाले आगामी १३ जनवरीमा बेलायतको संसदको वष्ट मिनिस्टर सभा हलमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने योजना रहेको त्रिपाठीले आफ्नो फेसबुक पृष्ठमा उल्लेख गरेका छन्। तर, बेलायत सरकारको कुनै निकायबाट सो कार्यक्रमको बारेमा पुष्टि भएको छैन।

त्रिपाठीका अनुसार, सो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग तथा व्यापार मन्त्री ग्यारेथ थोमसको उपस्थिति रहनेछ। तर, नेपाली दूतावास लण्डनले सो कार्यक्रमको बारेमा अनविज्ञता प्रकट गरेको छ।

यद्यपि, त्रिपाठीले आफ्नो व्यक्तिगत इमेलमार्फत आफू निकट बेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई सो कार्यक्रममा आमन्त्रण गरेका छन्।


हेर्नुहोस् कोइरालाको भ्रमण विवादमा पार्न त्रिपाठीको खेल

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?