युद्द बिराम उलङघन गर्दै इजरायलद्दारा लेबनानमा बमवारी जारी

  नेपाली सन्देश डट कम | १९ पुष २०८१, शुक्रबार ०८:१४

युद्द बिराम उलङघन गर्दै इजरायलद्दारा लेबनानमा बमवारी जारी

तेल अभिव, १९ पुस । इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको छ ।
 

इजरायली सेनाले दक्षिणी लेबनानमा रातारात थप हमला गरेको बताएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार मध्यरातमा इजरायली सेनाले बानी हाइयान सहरको वरपर बमबारी गरेको हो । ‘अर्को आक्रमण केफर किलामा गरेको थियो, जसको आवाज दक्षिणभर सुनिएको थियो,’ एनएनले रिपोर्टमा भनेको छ ।

यसअघि इजरायली सेनाले मारुन अल रस सहरको बाहिरी भागमा रहेको आफ्नो स्थानबाट हेभी मेसिन गनका साथ बिन्ट जबेल सहरलाई  घेराउ गरिरहेको बताएको थियो। पछिल्लाे हमलावाट के कति हताहत भए ? साे बारेमा कुनै खुलि सकेकाे छैन । 

आक्रमणहरू नोभेम्बरको अन्त्यदेखि जारी रहेको हिजबुल्लाहसँगको युद्धविरामको इजरायल सेनाले गरेको पछिल्लो उल्लङ्घनको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?