सपिङ गरेर फर्किंदै गरेको स्कुटर दुर्घटना : श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

  नेपाली सन्देश डट कम | १९ पुष २०८१, शुक्रबार ०६:५४

काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ। मंगलबार राति सानोठिमीमा बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरमा सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएकोमा भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
उनको शव पोस्टमार्टमको लागि आज बिहान टिचिङ अस्पताल लगिएको छ। अध्ययनका लागि अष्ट्रेलिया बस्दै आएका उनीहरू केही दिनअघि मात्रै नेपाल आएका थिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?