एन्फा महिला लिगमा आर्मीको सहज जीत

  नेपाली सन्देश डट कम | १८ पुष २०८१, बिहीबार १६:०१

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । 

 

नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुआत गरेको हो । 

 

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ ।

आर्मीलाई जित दिलाउन दुवै गोल बिमला चौधरीले गरेकी थिइन । उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन ।

विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरीदोस्रो गोल गरिर आर्मीलाइ सहज जीत दिलाएकी हुन् । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?