ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट

  नेपाली सन्देश डट कम | १८ पुष २०८१, बिहीबार ०८:१२

काठमाडौं । लस भेगासस्थित ट्रम्प होटल अगाडी एलन मस्कको टेस्ला साइबर ट्रकमा बिष्फोट भएको छ ।

अधिकारीहरूका अनुसार टेस्ला साइबर ट्रकमा चालकद्वारा नियन्त्रित विष्फोट प्रणालीसँग जोडिएको आशंका गरेका छन । स्थानिय समय अनुसार बुधबार बिहान लस भेगासको ट्रम्प होटल बाहिर विस्फोट भएको हो ।

एफबीआईले घटना आतंकवादी कार्य हो वा होइन भनेर निर्धारण गर्न काम गरिरहेको छ  । एफबीआईको लस भेगास कार्यालयका लागि कार्यवाहक विशेष एजेन्ट जेरेमी श्वार्ट्जले प्रतिक्रिया दिएका छन । ‘यो एक पृथक घटना थियो र जनता को लागी कुनै खतरा छैन,’ उनले भने ।

 

स्थानिय समय अनुसार होटलमा बिहान ८ः४० बजेपछि गाडीमा आगलागी भएको खबर आएको थियो र टोलीले २०२४ साइबर ट्रकलाई आगोमा निभाएको अवस्था भेट्टाएको लस भेगासका शेरिफ केभिन म्याकमहिलले भने ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?