लन्डन। अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सेन्ट्रल लन्डनमा आयोजित परेडमा नेपाली समुदायले आफ्नो सांस्कृतिक विविधता प्रस्तुत गर्यो। करिब १५० जना नेपाली जातीय पोशाक र गरगहनामा सहभागी भएका थिए। रोयल बरो अफ ग्रीनवीचको आयोजनामा मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायले पहिलोपटक परेडमा भाग लियो।
नेपाली परम्परागत नाच र बाजाका साथ सांस्कृतिक झलक प्रस्तुत गर्दै, गुथी र तमुधिं लन्डनका समूहहरूले लन्डनका प्रमुख स्थानहरूमा सांस्कृतिक प्रदर्शन गरे। पानीको बाधा भए पनि सहभागीहरूले उत्साहपूर्वक आफ्नो कला प्रस्तुत गरे। परेडमा ७० भन्दा बढी समूहहरूको सहभागिता थियो।
प्रतिक्रिया