दाङ । दाङमा नेपाली कांग्रेसका क्रियाशील सदस्यमा ८३ प्रतिशतले नवीकरण गरेका छन् । दाङमा १४ औं महाधिवेशनमा १८ हजार ९०३ क्रियाशील सदस्य थिए ।सयदिने विशेष अभियानको बुधबार समापन गर्ने क्रममा नवीकरणको अवस्थाबारे जानकारी गराइएको हो ।
पार्टी संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको थियो ।
दाङमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीलाई तोकिएको थियो । ‘दाङमा ८३.६७ प्रतिशतले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । पहिले भएका क्रियाशील सदस्यमा ६३ जनाको निधन भएको छ । त्यो बेलाका ३ प्रतिशत जति क्रियाशील सदस्य विदेशमा रहेका छन्,’ रसाइलीले भने ।
तहगत क्यालेण्डर अनुसार पार्टीका संरचनाले कार्य गर्ने निर्णय भएको रसाइलीले जानकारी गराए ।
कांग्रेसबाट जितेका जनप्रतिनिधिले आफूले गरेका कार्य, भावी योजना, बेरुजु हटाएको अवस्था लगायतमा ३/३ महिनामा पार्टीमा विवरण बुझाउनुपर्ने निर्णय भएको रसाइलीले बताए ।
प्रतिक्रिया