काठमाडौ । सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ ।
पछिल्लो समयमा घटिरहेको अवस्थामा बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा रोकिन पुगेको छ ।
परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ ।
बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।
प्रतिक्रिया