काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर १०० वर्षको उमेरमा निधन भएको छ।
कार्टर सेन्टरका अनुसार उनी अमेरिकाका सबैभन्दा धेर्र बाँचेकापूर्व राष्ट्रपति थिए । उनको आइतवार दिउँसो जॉर्जियाको प्लेन्समा आफ्नो घरमा निधन भएको हो। उनको जन्मस्थानमै निधन भएको हो ।
एउटा विज्ञप्तिमा भनिएको छ, ‘उहाँ १०० वर्षको हुनुहुन्थ्यो, र अमेरिकाको इतिहासमा सबैभन्दा लामो समय बाँच्ने राष्ट्रपति हुनुहुन्थ्यो।’
कार्टर, जो १९७६ देखि १९८१ सम्म राष्ट्रपति पदमा थिए र नोबेल शान्ति पुरस्कार विजेता थिए, आफ्ना तीन बच्चा – ज्याक, चिप, जेफ, र एमी, ११ नातीनातिनासहित, र १४ पनाती जीवित छन्।
छोरा चिप कार्टरले भने ‘मेरो पिताजी एक नायक थिए, मात्र मेरो लागि होइन, तर ती सबैका लागि जो शान्ति, मानव अधिकार र निस्वार्थ प्रेममा विश्वास गर्छन्।’
प्रतिक्रिया