बागमति, ईश्वरपुर – ईश्वरपुर नगरपालिकाको वडानं १२ स्थित कालिन्जोरमा प्रहरी चौकीको स्थायी भवन निर्माणको पहल सुरु भएको छ। हालको अस्थायी भवनको स्थानमा नयाँ र पक्की प्रहरी चौकी निर्माण गर्नका लागि ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, मधेस प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक श्री लालमणि आचार्य, र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रबिन्द्र बहादुर सिँह सहितका अधिकारीहरूद्वारा गत साता छलफल सुरु गरिएको हो।
यो बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख, ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रमुख, ईश्वरपुर नगरपालिकाका वडा नं १२ का अध्यक्ष देबि बहादुर खत्री, विभिन्न राजनीतिक दलका प्रमुख र समाजसेवीहरू समेत उपस्थित थिए।
प्रमुख छलफलका बुँदाहरूमा प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि आवश्यक प्रक्रिया, बजेट, र निर्माण समयावधिका बारेमा विचार विमर्श गरिएको थियो। यस भवनको निर्माणले स्थानीय सुरक्षा व्यवस्थालाई मजबुत बनाउन र क्षेत्रीय शान्ति कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
स्थायी भवनको निर्माणका लागि अब लगत्तै निर्माण प्रक्रिया सुरु हुने जानकारी दिइएको छ। यस परियोजनाले कालिन्जोर र आसपासका क्षेत्रका बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि लाग्ने कुल खर्चको अनुमान नगरपालिकाले तयार पारेको छ र यस परियोजनामा विभिन्न सामाजिक र सरकारी निकायहरूको सहकार्यलाई महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया