एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न संसदीय समितिको निर्देशन

  नेपाली सन्देश डट कम | ३ पुष २०८०, मंगलवार १०:१८

काठमाण्डौ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ ।

आज मङ्गलवार बसेको समितिको बैठकले एनसेलले प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कररगैरकर रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको हो । यसका लागि नेपाल सरकारबाट बनाइएको एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिन भनिएको छ । त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?