सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्दै नेपाल

  नेपाली सन्देश डट कम | १४ मंसिर २०८३, आईतवार ०८:०९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ‘आईसीसी पुरुष विश्वकप क्वालिफायर प्लेअफ २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमै आयोजना हुन लागेको यस प्रतियोगिताका लागि क्यानले अन्तिम टोली सार्वजनिक गरेको हो।

क्यानद्वारा घोषित टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, डा. ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र अभिशेष गौतम समावेश छन्।

विश्वकप छनोटको आगामी चरणमा प्रवेश गर्नका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको यस प्रतियोगितामा कुल आठ राष्ट्रको सहभागिता रहनेछ। जसमा आयोजक नेपालसहित युगान्डा, जर्सी, इटाली, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), नामिबिया र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। घरेलु मैदान र दर्शकको साथको सदुपयोग गर्दै उत्कृष्ट नतिजा निकाल्ने र विश्वकप छनोट यात्रालाई थप बलियो बनाउने लक्ष्य नेपालले राखेको छ।

प्रतिक्रिया

Selected poll is not defined.