रथीमा बढुवा भएका अनुपजंग थापाले पाए दर्ज्यान्ही चिन्ह

  नेपाली सन्देश डट कम | १० मंसिर २०८३, बुधबार ०५:२५

नेपाली सेनाको रथी दर्जामा बढुवा भएका अनुपजंग थापाले दर्ज्यान्ही चिन्ह पाएका छन्।

मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीबाट रथीमा बढुवा भएका थापालाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका हुन्।

गत मंसिर ४ गते बसेको मन्त्रिपरिषदको बैठकले थापाको पदोन्नति गर्ने निर्णय गरेको थियो।

सहायक रथीबाट उपरथी पदमा पदोन्नति भएका मनोज थापाले पनि दर्ज्यान्ही चिन्ह प्राप्त गरेका छन्।

त्यसैगरी, सहायक रथी दर्जामा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँले पनि चिन्ह प्राप्त गरे।

महासेनानीको दर्जामा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठले पनि चिन्ह प्राप्त गरे।

प्रतिक्रिया

Selected poll is not defined.