नवनियुक्त प्रहरी महानिरीक्षक डा. केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

  नेपाली सन्देश डट कम | १९ कार्तिक २०८३, बुधबार २०:१६

काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा बुधबार आयोजित एक विशेष समारोहबीच केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यसअघि गृह सचिवले दर्ज्यानी चिह्न लगाइदिने गरेका थिए।

बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। पदमुक्त गरिएका कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी सुम्पेको छ।

प्रतिक्रिया

Selected poll is not defined.