कांग्रेसइतर दलले कात्तिक १५ भित्र जिल्ला अधिवेशन सक्ने

  नेपाली सन्देश डट कम | ८ कार्तिक २०८३, शनिबार ०५:५७

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनका सबै तहका अधिवेशन प्रक्रिया पूरा गर्न लागेको हो।

असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४८० वटा पालिका र ६ हजार १०७ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भएको छ।

बाँकी जिल्लाको अधिवेशन पनि कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरेलले बताए।

कांग्रेसको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

Selected poll is not defined.