विनाेद थापा मगरको हत्या आरोपित आमा छाेरा सहित एक युवालाई थुनामा राख्न आदेश

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८०, बिहीबार १३:४१

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका युवकको हत्या गरेकोर मानव बेचविखन तथा ओसार पसार आरोप गरेको आरोप लागेका तिनजनालाई जिल्ला अदालतको आदेशले पुरपक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालतमा तिन दिनसम्म बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधिस गिता श्रेष्ठको इजलासले आरोपितहरुलाई थुनामाराख्न आदेश दिनुभएको हो ।

गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा होटल संचालन गर्नुभएका सरस्वती पनेरु पंडितलाई दुईओटा मानव बेचविखन तथा ओसारपार सम्बन्धी मुद्दामा पुरपक्षका लागि कारागारमा राख्न आदेश गरिएको जिल्ला अदालतका स्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
यसैगरि गल्छी गाउँपालिका वडा नम्बर ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न भएको आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ का निरज पंडित, उनकी आमा सानदार होटलकी संचालक सरस्वती पनेरु पंडित र टेलिकमका इन्जिनियर पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ का किरन रानालाई जिल्ला अदालतका न्यायधिस श्रेष्ठको आदेशले पुरपक्षका लागि थुनामापठाइएको हो ।

आरोपित सरस्वती पनेरु पंडितले संचालन गरेको सानदार होटलमा मानव बेचविखन, बेश्यावृत्ति र ओसार पसाका गतिविधि भएको भन्दै स्थानीय बासीले होटलमा हत्याकाण्ड भएपछि आरोप लगाएका थिए । हत्या घटनापछि सानदार होटलको सवारी साधन कार, होटल भवन र कपडा तथा भाडाकुँडा समेत स्थानीयबासीले आगजनी गर्दैनष्ट गरेका थिए ।
आरोपितहरुले बैशाख २७ गतेराती हत्या गरिएको थापामगरको २८ गते काठमाण्डौस्थित शिक्षण अस्पतालमा पोष्ठमार्टम गरिएको थियो। आरोपितहरु विरद्ध इलाका प्रहरी कार्यालय गजुरीमा पीडित पक्षले बैशाख २८ गते उजुरी दर्ता गराएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?