मुक्तिनाथ अधिकारीकाे श्रद्धाञ्जली सभा

  नेपाली सन्देश डट कम | ११ चैत्र २०७९, शनिबार ०५:०३

धादिङ ।
नेकपा एमालेले ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ मा एमालेका सेल्टरदाता तथा सामाजिक शैक्षिक विकासका संस्थापक मुक्तिनाथ अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य रामप्रसाद अधिकारीका बुवा मुक्तिनाथ अधिकारीकाे चैत २ गते ९३ वर्षको उमेरमा निधन भएकाे थियाे । मुक्तिनाथका पाँच छोरा र श्रीमति बरखी बारेर बस्नु भएको छ।
धादिङको नेकपा एमालेको स्थापना कालदेखि सेल्टरदाता तथा २००७ को आन्दोलनमा समेत योगदान गर्नुभएका मैदी विकासका पर्याय बनेका मुक्तिनाथ अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
अधिकारीले मैदी लगायतका शिक्षा क्षेत्रको विकास, गाउँमा नयाँ किसिमका विकास गरेरउदाहरण प्रस्तुत गर्नुभएको, २००४ देखिको मैदीका मोहीहरुकोअधिकार आन्दोलनमा सहभागि भएर सफलता पाएको विषयमा सभामा बोल्ने वक्ताहरुले योगदानकोचर्चा गर्नुभएको थियो । सभालाईनेकपा एमालेका केन्द्रीयसदस्य खेम लोहनी, प्रदेश कमिटिका डा. रामकुमार अधिकारी, देबप्रसाद त्रिपाठी जिल्ला अधयक्ष भूमि त्रिपाठी, जिल्ला कमिटि सदस्यहरुले योगदानको चर्चा गर्दै मुक्तिनाथ अधिकारीको नाममा ट्रस बनाउन सुझाव दिँदै यसका लागि नेकपा एमालेले सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
सभालाई मुक्तिनाथका छोरा रामप्रसाद अधिकारीले राणा विरोधी आन्दोलन देखि गाउँको शैक्षिक, सामाजिक आर्थिक विकासमा गर्नुभएको योगदानका बारेमा बताउनुभयो ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?