चैत्र २६ गते केपी ओलि धादिङको रुबिभ्याली आउँदै
धादिङ/चैत्र २६ गते धादिङको रुबिभ्याली गाउँपालिका सेर्तुङमा बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रुबिभ्याली आउने भएका छन।
नेकपा एमालेले देशैभर सञ्चालन गरेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत नेकपा एमाले रुबिभ्याली गाउँपालिका कमिटीको आयोजनामा सेर्तुङमा हुने बृहत जनसभा कार्यक्रममा प्रमख अतिथिको रूपमा ओलि रुबिभ्यालि आउन लागेका हुन।
चैत्र ७ गते ओलि निवास वालकाेट पुगेर एमाले केन्द्रीय लेखा आयोग सदस्य मिनराज कडेल,धादिङ जिल्ला उपाध्यक्ष धन बहादुर घले,गाउँपालिका कमिटी अध्यक्ष प्रेम बहादुर तामाङ,युवा नेता प्रज्वल तामाङ लगायतले निमन्त्रणा गरेका छन्।कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको साथमा,झाँकी सहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने बताएका छन्।
प्रतिक्रिया