एमालेको ‘मिसन ग्रासरुट’: गाउँगाउँदेखि सर्वसाधारणको घर-घरसम्म

  नेपाली सन्देश डट कम | ६ फाल्गुन २०७९, शनिबार १४:३२

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ ।

यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यस क्रममा पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुग्नेछन् । यस अभियानले पार्टीलाई थप बलियो एवं सुदृढ बनाउने विश्वास एमाले नेताको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियानको संयोजक तोकिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेशस्तरीय अभिमुखीकरणको जिम्मेवारी तोकिएको छ । मिसन ग्रासरुटमा खटिने नेताका लागि ११ वटा काम तोकिएको छ ।

सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?