इतिहास रच्दै नेपाल—महिला टी–२० विश्वकप छनोटमा पहिलो जित

  नेपाली सन्देश डट कम | १० माघ २०८२, शनिबार १८:११

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो। यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ। १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन्। उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन्। कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए। बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन्।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन्। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो।

प्रतिक्रिया

Selected poll is not defined.