जनताको मागको आधारमा विकासका काम गरे ः डा.रामकुमार अधिकारी

  नेपाली सन्देश डट कम | २३ कार्तिक २०७९, बुधबार १४:१८

मैदी÷
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको मागको आधारमा विकासका काम गरेको बताउनुभएको छ ।
बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले अघिल्लो पाँच बर्षे कार्यकालमा जनताको मागको आधारमा विकासका काम गरेकोउल्लेख गर्दै निरन्तर जनताकालागि लागि रहने बताउनुभएको हो ।
डा.रामकुमार अधिकारीले सम्पूर्ण धादिङबाशीको समृद्धिको सपना साकार पार्न, अधुरो र अपूर्ण विकास विकास पूर्ण बनाउन, निष्ठा र आदर्शको राजनितिलाई प्रवद्र्धन गर्नको लागि यसपटक पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।उहाँले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाईमतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् । उहाँले बुधबार ज्वालामुखीगाउँपालिका वडा नं १, २, र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?