पाँचदलिय गठबन्धन विदेशी इशारामा ः खेम लोहनी एमाले राप्रपा तालमेलपछिको चुनावी अभियान जारी

  नेपाली सन्देश डट कम | १४ कार्तिक २०७९, सोमबार ०५:३८

बसेरी/

नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार खेमप्रसाद लोहनीले गठबन्धन विदेसीको इशारामा काम गरेर राष्ट्रहित विरुद्ध लागेको आरोप लगाउनुभयो ।
धादिङको बसेरीमा मतदाता भेटघाटको क्रममा टोलटोलमा पुगेर एमाले केन्द्रीय ससमेत रहनुभएका लोहनीले बताउनुभयो । देशको बजेट समेत विदेसीको इशारामा बनाएर विदेशी दलालहरुलाई लाई देशको हित प्रयोग गर्न दिएको आरोप लगाउँदै सूर्यध्वजाबहाक उम्मेदवार लोहनीले राष्ट्र सिध्याउन लाग्ने गठबन्धनलाई भोट नदिइ देश जोगाउने राष्ट्रियताप्रति प्रतिवद्ध एमालेलाई भोट दिन मतदाताहरुलाई आग्र्ह गर्नुभयो ।
बुढाथुमका पुराना कम्यूनिष्ट नेता तथा एमालेबाट उम्मेदवार भइ बुढाथुम गाविस अध्यक्ष निर्वाचित सुकदेब रेग्मीका बुबा ९१ वर्षीय बेधनिधि रेग्मी (घडीबाजे) को हातबाट टिका लगाएर आइतबार सुरु चुनावी प्रचार अभियान बसेरीमा पुगेको हो । मतदाताहरुले एमाले सरकारको समयमा बनाइएको बुढाथुम बसेरी पुलले फाइदा पुर्याएको बताउँदै जनताको माग बमोजिम काम गर्न उम्मेदवारहरुलाईआग्रह गर्नुभयो ।
मतदाता भेटघाट कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ (ख) प्रदेशसभा राप्रपाका उम्मेदवार डम्बर तामाङ, एमाले समानुपातिक उम्मेदवार रामहरी अधिकारी लगायतका नेताहरुको उपस्थितिरहेको छ ।
नेकपा एमाले र राप्रपाबिचको तालमेल पछि राप्रपालाई क्षेत्र नम्बर २ (ख) प्रदेशसभा राप्रपाका उम्मेदवार डम्बर तामाङलाई भोट दिने र राप्रपाले यसबाहेक जिल्ला भर एमालेलाई सघाउने ताललमेल भएको छ। उत्तरी धादिङमा राप्रपा र एमाले उम्मेदवार संगै मतदाता भेटघाटमा लाग्नु भएको छ ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?