टी–२० विश्वकपः नेपालको पहिलो खेल इङ्ग्ल्यान्डसँग

  नेपाली सन्देश डट कम | १० मंसिर २०८२, बुधबार ०४:१७

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।

नेपालसहित २० टोलीको सहभागिता हुने उक्त विश्वकपको मंगलबार ‘ड्र’ र खेल ताालिका सार्वजनिक भएको छ। सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ। सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल इङ्ग्ल्यान्डसँग खेल्ने भएको छ। उक्त खेल ८ फेब्रुअरीमा भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट स्टेडियममा हुनेछ। आईसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका समूहचरणका सबै खेलहरु उक्त स्टेडियममा हुनेछन्।

प्रतिक्रिया

Selected poll is not defined.