थाक्रे/धादिङ
थाक्रे गाउँपालिकामा सबै वडा सदस्यले अब जिम्मेवारी पाउने भएका छन् ।
सडा सदस्यहरु वर्षमा दुई पटक गाउँसभामा गएपछि कुनै कामको जिम्मेवारी नहुने भएकोले आफूहरु विनाकाममाहिडेको महशुस गर्दै आएका थिए । अब थाक्रे गाउँपालिकाका वडा सदस्यहरुलाई विषयगत रुपमा जिम्मेवारी वडा अध्यक्षले तोकेर लिखित पत्र दिने प्रतिवद्धता वडाअध्यक्षहरुले गर्नुभएको छ ।
ब्रेड फर द ओल्र्डको आर्थिक सहयोगमा संस्थागत विकास संजालद्वारा सिर्डस धादिङले संचालन गरेको तालिममा न्यायिक समिति, वडा अध्यक्षहरु, वडा सचिवहरुको सहभागितामा तालिम संचालन भएको हो ।
न्यायिक समिति र वडाका जनप्रतिनिधि, तथा वडा सचिवहरु सहभागि तालिमको अबसरमा वडाअध्यक्षहरु सहित जनप्रतिनिधिहरुले कामको बाँडफाड गरेरसमिक्षा गर्ने प्रतिवद्धता जनाएको गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रामुकमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा, वडा अध्यक्षहरु समेत सहभागि तालिमको अबसरमा वडा सदस्यहरुलाई विषयगत रुपमा काम तथा जिम्मेवारी तोकेर वडा अध्यक्षले पत्रसमेत दिने व्यवस्था लागु गर्ने र कार्यसम्पादन मूल्यांकन तथा समिक्षा समेत गर्ने, वडा सचिवले हरेक तिनतिन महिनामा वडामा भएको आम्दानी खर्चको हिसाव सार्वजनिक गर्ने, सबै किसिमको स्थानीय तहमा भएका उजुरीहरुको बढीमा तिन महिनामा निवेदनको किनारा लगाउने जस्ता प्रतिवद्धता समेत व्यक्त भएको छ ।
प्रतिक्रिया