धादिङको किराञ्चोकमा ग्रेनाइट खोजी

  नेपाली सन्देश डट कम | ८ असार २०७९, बुधबार ०२:४६

धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने किराञ्चोकमा यतिबेला ग्रेनाइटको चर्चा छ । वडा नम्बर ७ र ८ को सीमावर्ती क्षेत्रमा अवस्थित हलो झुण्डेको पहरो अर्थात् सातपत्रेको वन आसपास एक जना भूगर्वविद् र अर्का एक जना सर्भे इन्जिनियर बिहानदेखि बेलुकासम्म ग्रेनाइटको सम्भाव्यता खोजतलास गर्दैछन् ।

महाभारत शृंखलाको यो मध्य पहाडमा ग्रेनाइट खोजतलास गर्न अनुमति लिने काठमाडौं महानगरपालिका वडा नम्बर ५ का ज्ञानेन्द्रप्रसाद प्रधान र सोही वडा बस्ने नरेन्द्रप्रसाद प्रधान हुन् । उनीहरुले खोजतलासका लागि लिएको इजाजतको म्याद सकिन डेढ महिनामात्र बाँकी छँदा खोजतलास कार्य शुरु गरेका छन् ।

खानी तथा भूगर्भ विभागका रुपक खड्का र महानिर्देशक रामप्रसाद घिमिरेले ०७७ असार ३० गते ज्ञानेन्द्रप्रसाद प्रधानको नाममा जारी गरेको खोजतलास कार्यको अनुमति पत्र नम्बर १३३ र नरेन्द्रप्रसाद प्रधानको नाममा जारी खोजतलास कार्यको अनुमतिपत्र नम्बर १३२ रहेको छ ।

फिल्डमा खटिएका सर्भे इन्जिनियर केशर खड्का र भूगर्भविद् मधुसुदन सापकोटा छन् । सापकोटाका अनुसार ग्रेनाइट छ भनेर खोजतलास गरिएको हो । कुन गुणस्तरको र कति परिमाणमा छ भन्नेचाहिँ अहिले भन्न नमिल्ने उनले बताए । खोजतलास कार्यमै रहेकाले यकिन भन्न नमिल्ने र प्रतिवेदन तयार भएपछि मात्र सवै कुरा गर्ने सापकोटाले बताए ।

०७७ असार ३० गते खोजतलास कार्य गर्नु अनुमति पाएको नरेन्द्र प्रधानले अनुमतिपत्र लिनु ३ दिन अगावै ०७९ जेठ २१ गतेको मितिमा वडा कार्यालयमा दिएको जानकारी पत्र दिएका छन् । स्थानीय भने जानकारी विनै खोजतलास गरेकोमा असन्तुष्ट देखिएका छन् । कारोबार दैनिकमा धादिङबाट राजेन्द्र बस्नेतले समाचार लेखेका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?