बैशाखी टेकेर दुई महिने शिशु च्याप्दै श्रीमानको खोजीमा प्रमिला परियार

  नेपाली सन्देश डट कम | १३ जेष्ठ २०७९, शुक्रबार १०:२०

धादिङको गजुरी गाउँपालिका वडा नं. १ उज्यालो गाउँ माइती भएकी २६ बर्षिया प्रमिला परियारको निलकण्ठ ८ मुरलिभ्याङ घर भएको साइला परियार भन्ने ब्यक्ति संग ७ बर्ष अगाडि विवाह भएको थियोे । दुइ छोरीहरु ६ बर्ष र २ महिनाको छन् ।
उनको आमाले दोस्रो बिवाहा गरेकी हुन् । बुवाको निधन भैसक्यो । एक दाइ र एक भाइले आत्महत्या गरे । भाउजु छिन् तर बोलचाल छैन ।
साइला परियार ज्यालादारी काम गर्थे । गजुरी बजारमा कोठा गरि बसेका थिए । बिहे भएदेखि अहिलेसम्म साइलाले उनलाई घर लगेनन् । त्यसैले घरमा को को छन् ? घर कहाँ हो ? उनलाई थाहा छैन ।
कान्छी छोरी गर्भमा आएको ३ महिना भएपछि श्रीमानले छोडेर हिंडेका हुन् । अहिलेसम्म श्रीमानको पत्तो लागेको छैन । श्रीमान हराउने बित्तिकै “श्रीमानको खोजी गरि पाउँ “भनेर इलाका प्रहरी कार्यलय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएकी थिइन् । अहिलेसम्म पत्तो लागेको छैन । उनी भन्छिन् ” मैले फोटो सहित प्रहरीमा निवेदन दिएको थिएँ । ६ महिना भो अहिलेसम्म खोजी गरिदिएन । फोन गरेर सोध्दा भेटिएको छैन मात्रै भन्छ । पुलिसले पनि मलाई सहयोग गरेन।”
उनको बिवाहा दर्ता समेत भएको छैन, बच्चाहरुको जन्मदर्ता छैन । श्रीमानले छोडेर हिंडेदेखी नै दैनिक मागेर गुजारा चलाउँदै आएको बताइन् । श्रीमानको खोजी र माग्नकै लागि गजुरी देखि धादिङबेशी आएको उनको भनाइ छ ।
यसबारेमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा खोजतलासमा पत्र पठाएको तर नभेटिएको भन्ने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?