नेकपा एमाले गजुरीका सह-इन्चार्ज योगेन्द्र बस्नेतले दिए राजिनामा

  नेपाली सन्देश डट कम | ४ जेष्ठ २०७९, बुधबार ११:४६

धादिङको गजुरी गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित सबै वडामा चुनाव हारेपछि नेकपा एमाले गजुरी गाउँ कमिटिका सहइन्चार्ज योगेन्द्र कुमार बस्नेतले पदबाट राजिनामा दिएका छन् ।

गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा गजुरी गाउपालिकामा पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र एक वटा वडा पनि निर्वाचित गराउन नसकेकोले नैतिक हिसावले पनि आफु पदमा बसिरहन उचित नहुने भन्दै बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिएका हुन् । बस्नेत आफैले पनि वडा नं.८ बाट माओबादी केन्द्रका देवराज ओझा सङ्ग वडा अध्यक्षमा चुनाव हारेका हुन् । गजुरीमा एमालेले ९ जना वडा सदस्य मात्र जित्न सफल भएको छ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्–‘एमालेको गढ भनेर चिनिने यो गाउपालिकामा कुनै पनि पदमा पार्टिका कमरेडहरुलाइ निर्बाचित गराउन नसकेकोमा दुखित हुँदै र आफुले पाएको जिम्मेवारी अनुसार काम गर्न नसकेको महसुस गर्दै जिल्ला कमिटी सदस्य एबम गजुरी गाउपालिकाको सहइन्चार्जको जिम्मेवारीमा भएकोले नैतिक जिम्मेवारी लिदै आजैका दिनदेखि लागु हुनेगरी पार्टीको सहइन्चार्ज पदबाट राजिनामा दिएको जानकारी गराउछु ।

राजिनामा स्वीकृत गरि योग्य व्यक्तिलाई जिम्मेवारी तोक्न पनि उनले एमाले अध्यक्षसमक्ष अनुरोध गरेका छन् । बस्नेत जिल्ला कमिति धादिङका सदस्य पनि हुन् । ‘गजुरीको सहइन्चार्ज बाहेक बाकी जिम्मेवारी संगठन बिस्तारमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गर्दछु’ उनको राजिनामा पत्रमा भनेका छन् ।

बस्नेतको फेसबुक स्टाटस् जस्तोतस्तै:-

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?