चामवास बाह्रबिसे र पुराकसिङ खाद्य अधिकार प्रभाबित समूह र सरोकारवाला बीच अन्तरक्रिया

  नेपाली सन्देश डट कम | १७ चैत्र २०७८, बिहीबार ०७:५१

फियान नेपालको आयोजनामा गजुरी गाउँपालिका वडा नं.२ चामवास बाह्रबिसे र गजुरी गाउँपालिका वडा नं.३ पुराकसिङका खाद्य अधिकार प्रभाबित समूह र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार गजुरी-२ चामवास बाह्रबिसेका पहिरोबाट विस्थापित भई सुरक्षित आवास नहुदा खाद्य अधिकार हनन् भएको बिषयमा गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना,वडा नं.२ का वडा अध्यक्ष चुडामणि कडेल,गजुरी गाउँपालिका ईन्जिनियर सुजन अधिकारी,गजुरी गाउँपालिका खाद्य अधिकार सञ्जाल संयोजक चेलिमाया तामाङ,सदस्य बिष्णु श्रेष्ठ लगाएतको उपस्थितिमा सरोकारवाला लाई जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा पहिरोबाट विस्थापित २१ घरधुरीले भाेगेका समस्या र तत्काल रूपमा कुनै सुरक्षित ठाउँमा बस्ने ठाउँको व्यवस्थापन गर्न माग राखेका छन् ।२०७५ साल साउनको अबिरल बर्षाले जमिन भासिएपछि २१ तामाङ घर परिवार विस्थापित भएका थिय।

त्यस्तै गजुरी गाउँपालिका वडा नं.३ पुराकसिङमा पनि खम्रेकिरा प्रकोपका कारण उत्पादनमा कम भई खाद्य अधिकार हनन् बिषयक सरोकारवाला लाई जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।वडा अध्यक्ष ऋषिलाल श्रेष्ठ,गजुरी गाउँपालिका कृषि शाखा प्रमुख एकिन्द्र चेपाङ,शान्ति नेपालका उद्दब चेपाङ,खाद्य तथा पोषण सुधार आयोजाना सहजकर्ता सर्मिला नेपाल, मेनुका शिवभक्ति,बाल अभियन्ता एवं पत्रकार भुवन भण्डारी लगाएतको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा खुम्रेकिरा नियन्त्रण गर्न के गर्न सकिन्छ,कसरी गर्न सकिन्छ ।भन्ने बिषयमा छलफल भएको थियोे।सङ्गै पुराकसिङ् खाद्य अधिकार प्रभाबितहरुले खुम्रेकिरा नियन्त्रण गरि आयआर्जन बढाई जीवनस्तर उकास्न वडा अध्यक्ष र सरोकारवाला सङ्ग माग राखे।जम्मा २९ परिवारको बसाेवास रहेको पुराकसिङ समुदायमा १३ परिवार तामाङ र १६ परिवार चेपाङ रहेका छन्।उनिहरुको आफ्नै जग्गा जमिनबाट उत्पादन भएको खाद्यान्नले मुस्किलले ३देखि ४ महिनासम्मलाई मात्र खान पुग्ने गर्छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?