राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

  नेपाली सन्देश डट कम | २२ पुष २०७८, बिहीबार ०५:३३

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजतको प्रस्तावमा बस्नेतलाई चार वर्षका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

माओवादी केन्द्रका युवा नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका पूर्व उपाध्यक्ष पनि हुन् । बस्नेतलाई राज्यमन्त्री सरह सुविधा पाउनेगरि चार वर्षका लागि नियुक्त गरिएको हो।युवा नेता बस्नेत माओबादी केन्द्रको उपत्यका बिशेष प्रदेश कमिटी सचिव पनि हुन्।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका माधव ढुङ्गेललाई सरकारले हटाएको थियो । ढुंगेल नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।उनी पुनर्वहालीका लागि अदालत नगएपछि बस्नेतलाई नियुक्तिको बाटो सहज भएको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?